Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

२०८२ श्रावण १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप ५० अर्ब रुपैयाँको तरलता तान्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४२ दिनको लागि बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको जानकारी दिएको छ । साँवा र ब्याज भुक्तानी आगामी भदौ २९ गते हुनेछ ।

उक्त बोलकबोल प्रक्रियामा इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम सीमा ५ करोड रुपैयाँका दरले भाग लगाउँदा निःशेष भागसम्म स्वीकृति दिइनेछ ।