सेयर लगानीकर्ता संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन सुरु गरेको छ । संघले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई छ बुँदे मागपत्र बुझाउँदै शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो । आफ्ना मागहरुलाई सम्बोधन गर्न संघले नेप्सेलाई पुस १७ गतेसम्मको अल्टिमेटम दिएको छ ।
संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकरहरुको शाखा विस्तार गर्नुपर्ने, अनलाईन ट्रेडिङ यथासिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, हकप्रद, बोनस, मर्जर र सुचीकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग अघि सारेको छ ।
बुधबार नेप्सेको कार्यालय, सिंहदरबारमा धर्ना सुरु गरेको संघले विहीबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा प्रदर्शन गर्ने जानकारी दिएको छ ।


