Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बाफिया विधेयक संशोधनका लागि गभर्नर–बैंकर निरन्तर बैठक : अध्यक्षसँग छलफल गर्दै

admin २०८२ श्रावण १४ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बुधबार बैंकहरुका अध्यक्षहरुलाई बैठकमा बोलाएका छन्। मंगलबार वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका उनले आज अध्यक्षसँग छलफल गर्न लागेका हुन्।

स्रोतका अनुसार गभर्नर हाल छलफलका क्रममा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन प्रस्तावित परिमार्जनको विषयमा कुरा हुनेछ। मंगलबार गभर्नर पौडेलले बैंकका सीईओहरुलाई व्यवसायी र बैंकर छुटिनका लागि लाग्ने समयका बारेमा सोधेका थिए। जसमा बैंकरले लामो समयदेखि संस्थापक सेयर बेचेर निस्कन चाहेका सेयरधनीले पनि निस्कन नपाएको भन्दै तत्काल बैकर र व्यवसायी छुट्याउन नसक्ने तर्क राखेका थिए।

गभर्नर डा.पौडेलले अर्थसमितिमा नै बैंकर र व्यवसायी छुटिनुपर्छ भन्ने सार्वजनिक धारणा राखेसँगै रुष्ट भएका बैंकरहरुलाई मंगलबार प्रस्तावउपर राय मागेका थिए।

बैंकहरुबाट सेयर बेचेर बैंकबाट लगानी झिक्नका लागि पर्याप्त सहजीकरणसँगै समय माग गरेका थिए। गभर्नर पौडेलेले पुनः आज बैंकका अध्यक्षहरुसँग छलफल गर्दै छन्। उनले आज पनि मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रस्ताव परिमार्जनमाथि नै कुराकानी गर्नेछन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।