
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कर्जाको दुरुपयोग गर्दा कारबाही हुने चेतावनी दिएको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा कर्जाको दुरुपयोग गर्दा कारबाही हुने व्यवस्था रहेको जानकारी गराएको छ। कर्जाको दुरुपयोग गर्नुलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर भएको मानिने सूचनामा उल्लेख छ।
कर्जा लिने व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि मात्र कर्जा प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यदि कसैले यस्तो कार्य गरेमा उक्त ऐनको दफा १५ को उपदफा २ मा भएको व्यवस्थाअनुसार बिगो भराइ बिगोबमोजिमको जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजायसमेत हुने राष्ट्र बैंकले जनाएको छ।

