Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल क्लियरिङ हाउस र जनरल फाइनान्सबीच सम्झौता

admin २०७३ पुष १२ गते
सेयर:

बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणालीमा आवद्ध गराउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली (NCHL-ECC) सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र जनरल फाइनान्सका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौताअनुसार क्लियरिङ्ग हाउसले जनरल फाइनान्सलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC प्रणाली उपलब्ध गराउने छ ।

जनरल फाइनान्ससँगको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध हुने बैंक/वित्तीय संस्थाहरुको संख्या ११० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।