Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५७ करोडभन्दा बढी लगानी गर्ने, ब्याजदर प्रस्तावको आह्वान

२०८२ असार ३२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५७ करोड रुपैयाँभन्दा बढी रकम देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपको रूपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सो लगानीका लागि साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई आह्वान गरेको छ।

राष्ट्र बैंकले लगानी गर्न लागेको रकमको विवरण यस्तो छ:

वाणिज्य बैंकहरूमा – ४५ करोड ६० लाख रुपैयाँ

राष्ट्रियस्तरका विकास बैंकहरूमा – ८ करोड ५५ लाख रुपैयाँ

राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा – २ करोड ८५ लाख रुपैयाँ

यो लगानी २०८२ साउन ६ गतेदेखि २०८३ साउन ६ गतेसम्म को लागि अर्थात् ३६६ दिनको अवधि कायम रहनेछ।

केन्द्रीय बैंकको यो निर्णयले बैंकिङ प्रणालीमा स्थायित्व ल्याउनुका साथै संस्थागत कोषको सन्तुलित व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।