बैंकिङ खबर/ देशका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ११ महिनामा कर्मचारीको तलबभत्तामा ५३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म बैंकहरूले ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका छन्।
अघिल्लो वर्ष यही अवधिसम्म यो खर्च ५० अर्ब १६ करोड ४९ लाख रुपैयाँ थियो। यो वर्ष बैंकहरूको तलबभत्ता खर्च ५.९२ प्रतिशतले बढेको छ। सबैभन्दा बढी खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। उसले चालु आवको ११ महिनामा ३ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ९३ करोड ६९ लाख खर्च गरेकोमा यसवर्ष १ प्रतिशतले घटेको छ।
दोस्रो धेरै खर्च गर्ने कुमारी बैंकले ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा कुमारीको खर्च ३.०८ प्रतिशतले घटेको हो।
तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको तुलनामा ४.७७ प्रतिशतले बढी ३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५३ करोड ७७ लाख, प्रभु बैंकले ३ अर्ब ४६ करोड ८ लाख, नेपाल बैंकले ३ अर्ब ४५ करोड १३ लाख, कृषि विकास बैंकले ३ अर्ब ३८ करोड २१ लाख, नबिल बैंकले ३ अर्ब ३३ करोड १० लाख र एनआईसी एशिया बैंकले ३ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन्।
नबिल बैंक र एनआईसी एशिया बैंकको खर्च अघिल्लो वर्षको तुलनामा घटेको हो भने अन्य बैंकहरूको खर्च बढेको देखिन्छ। हिमालयन बैंकले २ अर्ब ९७ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ९२ करोड १४ लाख, एनएमबि बैंकले २ अर्ब ६३ करोड ९७ लाख, सिद्धार्थ बैंकले २ अर्ब ५१ करोड ५८ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ९१ करोड ८४ लाख र एभरेस्ट बैंकले १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन्।
त्यस्तै, सिटिजन्स बैंकले १ अर्ब ५८ करोड ३ लाख, प्राइम बैंकले १ अर्ब ५६ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ५३ करोड २८ लाख, सानिमा बैंकले १ अर्ब ४९ करोड ११ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९६ करोड २० लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको छ।
कुलमा हेर्दा १६ वाणिज्य बैंकको तलबभत्ता खर्च अघिल्लो वर्षको तुलनामा बढेको छ भने ४ बैंकको घटेको देखिएको छ। यसले बैंकहरूको सञ्चालन खर्च विस्तार भैरहेको संकेत गर्छ।




