Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निजी घर किन्न ३ करोडसम्म लोन पाइने

२०८२ असार २७ गते

बैंकिङ खबर/निजी तथा आवसीय घर निर्माण तथा खरिदको लागि बैंकहरूले दिन पाउने ऋणको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

अहिले यस्तो घर निर्माणमा २ करोड रूपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ। तर राष्ट्र बैंकले थप एक करोड कर्जा बढाएर ३ करोड रूपैयाँ पुर्‍याएको हो।
त्यस्तै, पहिलो घरको लागि सम्पत्तिको मूल्यको आधारमा दिइने कर्जा अनुपात (कर्जा मूल्य अनुपात) ८० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै अन्यको हकमा भने ७० प्रतिशतसम्म दिने व्यवस्था गरिएको छ। यसअघि यस्तो अनुपात ७० र ६० प्रतिशत रहेको थियो।यसले घर जग्गको कारोबार सुधार ल्याउन सहयोग पुग्ने बताइएको छ।