Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्रमा अधिक तरलताः केन्द्रीय बैंकले थप ६० अर्ब खिच्दै

२०८२ असार ८ गते

बैंकिङ खबर/ बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज असार ८ गते आइतबार बजारबाट ६० अर्ब खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैंकको Online Bidding System Softwareमार्फत अपरान्ह ३ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिंदा घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ । प्राप्त आवेदनको आधारमा राष्ट्र बैंकले ६० अर्ब , सो भन्दा बढी वा सो भन्दा घटी रकम खिच्न सक्ने छ ।