कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । शनिबार बैंकको सातौं बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पास गरेको हो । सभाले आफ्ना शेयरधनीहरुलाई चूक्ता पंूजिको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरको छ । हाल कायम शेयरको १० बराबर ३ को अनुपातमा रु १० करोड ३९ लाख ५० हजार बराबर हकप्रद शेयर जारी गरि कूल चूक्ता पँुजि रु ४५ करोड ४ लाख ५० हजार र बाँकी यस आ.ब.को नाफाबाट गरि ५० करोड चूक्तापूँजी पुर्याउने बैंकले लक्ष्य लिएको छ । सर्व साधारण शेयर धनीहरुको तर्फबाट नवनिर्वाचित ३ जना सञ्चालकहरु भरत बहादुर रोकाया, जंगबहादुर चन्द र कृष्ण प्रसाद पाठकलाई कार्यक्रममा बधाई तथा स्वागत गरिएको थियो । कञ्चन डेभलपमेण्ट बैंकले यस बर्ष कञ्चनपुरको दैजी, बेलडाँडी र बेलौरीमा शाखा सञ्चालनमा ल्याई सकेको छ । कैलालीको सुखड, बौनिया, लम्कीतथा टिकापुरमा यसै आर्थिक बर्षमा शाखा सञ्चालनमा ल्याउने भावी योजना रहेको बैंकले जनाएको छ । बैंकले भीमदत्त न.पा. वा. नं ४ मा आफ्नै नाममा घर जग्गा खरिद गरिसकेको छ ।
पत्रकार परिवारलाई आर्थिक सहयोग