
बैंकिङ खबर÷नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्र सुधारका लागि सुझाव मागेको छ । एक सूचना प्रकाशित गर्दै बैंकिङ क्षेत्र सुझाव कार्यदलले सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा असार ११ गतेसम्म सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो ।
सुझाव कार्यदलको ई–मेल fsrrt@nrb.org.np मा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने छ । राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको सुधारका लागि ३ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । केन्द्रीय बैंकले पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो ।
राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ ।



