Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वगभर्नर महाप्रसादको हस्ताक्षरयुक्त १० रुपैयाँको नोट प्रचलनमाः यस्ता छन् विशेषता

२०८२ असार २ गते

बैंकिङ खबर/पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा आएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै साविककै आकारप्रकार र रङ भएको तर तत्कालीन गभर्नर अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याइएको जनाएको हो ।

नोटमा ०००००९ देखि ५ ९९९९९९ सम्म संकेत नम्बर रहेकोमा अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।

यस्तै पृष्ठ भागको माथिल्लो खण्डमा अंग्रेजी ठूलो वर्णमालामा नेपाल राष्ट्र बैंक लेखिएको लेखिएको, मध्य भागमा कृष्णसारको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपैयाँ टेन लेखिएको र तल्लो भागमा सिरिज नम्बर र २०२४ एडी लेखिएको हुनेछ ।
यस्ता छन् विशेषताः

नोटको अग्र भागमाः

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको

२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको

३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “विसं २०८१” लेखिएको

नोटको पृष्ठ भागमाः

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको

२. नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको

३. नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “ RUPEES TEN” लेखिएको

४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2024 A.D.” लेखिएको

यस अघि २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सिरिज २०२०) को बैंकनोट सङ्केत नं. ढ ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ३०००००१ देखि ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको केन्द्रीय बैंकले जनाएको छ ।