Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुको मुद्दति निक्षेपमा ७० करोड लगानी गर्दै राष्ट्र बैंक

२०८२ जेष्ठ २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ ।

उक्त मुद्दति निक्षेप लिन इच्छुक बैंकहरुले जेठ २१ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यस्तो मुद्दति निक्षेप २०८२ असार ४ देखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले जेठ २१ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८२ असार ४ देखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।