Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ: अर्थमन्त्री

२०८२ जेष्ठ १६ गते

बैंकिङ खबर/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक गरेको अनुभूति भएको बताएका छन् ।

बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने- ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’ उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।