Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १ अर्ब ६७ करोड रुपैयाँ

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/ समस्याग्रस्त भएका सहकारीहरुमध्ये ३ वटा सहकारीको बचत फिर्ता भएको छ। सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन समितिले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कुल ७ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ६२ करोड रुपैयाँ बचत फिर्ता गरेको हो।

अर्थमन्त्रीले सार्वजनिक गरेको आव २०८१/८२ को आर्थिक सर्वेक्षणमा समस्याग्रस्त घोषणा भएका २२ सहकारीमध्ये ३ वटाको हरहिसाब राफसाफ भइसकेको उल्लेख गरेको छ।

यस्तै ६२ हजार ७ सय १० दाबीकर्ता रहेकोमा समितिले फागुन मसान्तसम्म ७ हजार १ सय ५५ वटा बचतकर्ताको सबै रकम फिर्ता गरेको जनाएको छ भने करिब १ हजार सदस्यको बचत आंशिक मात्रै फिर्ता भएको हो ।

समग्रमा फागुन मसान्तसम्म पिडित बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख रुपैयााँ मागदाबी गरेका थिए । जसमा हालसम्म १ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ बचतकर्ताले फिर्ता पाएका हुन् ।

सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी १९ सहकारीका बचतकर्ता तथा आंशिक निक्षेप फिर्ता बाँकी रहेको बचतकर्ताको ३८ अर्ब २५ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।