Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीले नगर तथा गाउँपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा दिन सक्ने

२०८२ जेष्ठ १५ गते


बैंकिङ खबर/ अब सहकारी संस्थाले नगर तथागाउँपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा दिन सक्ने भएका छन् । सहकारी संस्थाले घरजग्गा धितोमा दिने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हो ।

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०८१ अनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा दिने कर्जा भनेको धितो मूल्यांकनको ५० प्रतिशतमात्र तोकेको छ । तर, व्यक्तिगत तथा पहिलो घर निर्माणको सन्दर्भमा भने धेरै छ |

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सहकारी संस्थाले आफ्ना सदस्यलाई महानगर र उपमहानगरभित्रको घरजग्गा धितोमा मूल्यांकनको ६० र नगरपालिका र गाउँपालिकामा यस्तो दर ७० प्रतिशत कामय गरेको हो ।

प्रधिकरणले नेपाल राष्ट्र बैंकले तयार गरेको सहकारी मापदण्डको मस्यौदा परिमार्जन गरेर स्वीकृत गर्दै लागु गरेको छ । प्राधिकरणले संस्थाको कार्यक्षेत्र अनुसार प्रतिसदस्य निक्षेप संकलन सीमा हटाइ लागु गरेको छ ।