
बैंकिङ खबर/कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्ने आदेश सोमबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले दिएको बताइएको छ ।
यसअघि उनी बागलुङ जिल्ला कारागारमा थुनामा थिए। त्यहाँबाट झिकाएर कास्की जिल्ला अदालत, पोखराले सोमबार उनको बयान लिएको थियो।


