Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्त नीतिसँग मौद्रिक तादात्म्य मिलाउने नवनियुक्त गभर्नरको प्रतिबद्धता

२०८२ जेष्ठ ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पदभार ग्रहण गर्दै सुपरिवेक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन्। केन्द्रीय बैंकको १८औँ गभर्नरमा नियुक्त भएका उनले आज बालुवाटारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

सो क्रममा उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए। ‘हामीले केवल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ’, उनले भने, ‘त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाए। त्यस्तै राष्ट्र बैंकका नीतिगत निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पौडेलको भनाइ छ।