Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नहुने आदेश, गभर्नर नियुक्तिको बाटो खुल्यो

२०८२ जेष्ठ ६ गते

बैंकिङ खबर/सर्वोच्चले विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ । योसँगै पौडेल गभर्नर नियुक्तिको बाटो तत्काललाई खुलेको छ । सर्वोच्च अदालतले डा. पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य भनी परेको रिट दरपीठ गरेको थियो । तर, उनी योग्य हुन् वा होइनन् भन्ने विषय भने भविष्यमा उनको नियुक्ति भएको खण्डमा मात्र अदालत प्रवेश गर्नेछ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।