Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ओली र देउवाबीच भेटवार्ता : मिसिए अर्थमन्त्री, गभर्नर नियुक्ति प्रक्रियामा छलफल

२०८२ जेष्ठ ६ गते

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा चलिरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटघाट भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता नियमित भएको बताए। सोमबार साँझ भेट गर्ने तय भएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो।

स्रोतका अनुसार उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भइरहेको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। सहमतिमै गभर्नर नियुक्ति हुने ओली र देउवाले बताउँदै आएका छन्। 

आजको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेका छन्। गभर्नर सिफारिश समितिको संयोजक अर्थमन्त्री पौडेल छन् । अहिलेसम्म सिफारिश समितिको बैठक समेत बस्न सकेको छैन ।