Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ओलीलाई भेट्न गएनन् देउवा : गभर्नर नियुक्ति अनिश्चित

२०८२ जेष्ठ ५ गते

बैंकिङ खबर/ सोमबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने भनेपनि देउवा बालुवाटार गएका छैनन् । सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीबिच भेटवार्ता हुने तयारी थियो । मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको स्रोतले बताएको छ ।