Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त गर्ने सम्भावना

२०८२ जेष्ठ ५ गते

बैंकिङ खबर/मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको जनाइएको छ ।

गभर्नर चयनका लागि सिफारिस समितिको बैठक बस्नुपर्नेछ । समितिले गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ । यसअघि नै सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । गभर्नर बन्ने सम्भावना भएपछि डा.पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ ।