नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि बीच सम्झौता भएको छ । काठमाडौँस्थित कागबजारमा रहेको एनसीसी बैंकको रजिष्टर्ड कार्यालय र कालीमाटीस्थित सोल्टीमोडमा रहेको बुम रेमिटबीच नेपालीहरुले विदेशबाट बुम रेमिटमार्फत पठाएको विप्रेषण रकम एनसीसी बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्न लागि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत रमेशराज अर्याल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब बुम रेमिटमार्फत विदेशबाट पठाइएको रकम एनसी बैंकका सबै शाखाहरुबाट लिन सकिनेछ । साथमा बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि समेत सम्झौता भएको बताइएको छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३८०० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ । निकट भविष्यमा नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने योजना रहेको बुमले जनाएको छ ।
नेपाल क्रेडिट एण्ड कर्मस बैंकको नेपाल भर २४ वटा शाखाहरू छन् । उक्त बैंकसँग सुिप्रम डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., ईन्टरनेसनल डेभलपमेन्ट बैंक लि. र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि. गाभिएपछि शाखा संख्या ९७ पुग्ने जनाइएको छ ।
आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति लिएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘गको सहर्कायमा विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।
बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ । प्रबन्ध निर्देशन पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाउनुपर्नेमा जोड दिँदै आएका छन् ।