
बैंकिङ खबर/ ९ महिनाको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७० लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको छ ।
गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। नौ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् ।
चालु आर्थिक वर्षको चैतसम्म मोबाइल बैंकिङबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ, जुन गत असारसम्म यस्तो कारोबार३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।