
बैंकिङ खबर/ काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ। वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ परेकी सांसदसमेत रहेकी राईविरुद्ध मंगलबार मुद्दा दायर भएको हाे ।
राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ। राई ०७३ कात्तिक ६ गतेदेखि ०७४ मंसिर ४ गतेसम्म स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको कार्यसमिति सदस्य हुँदा ८९ लाख ३४ हजार ३ सय ५५ रुपैयाँ र मिति ०७४ मंसिर ८ गतेदेखि ०७६ भदौ २१ गतेसम्म उक्त सहकारीको सचिव हुँदा १ करोड ४२ लाख १० हजार ४ सय ३३ रुपैयाँ ८० पैसा गरी २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुफैयाँ बिगो बराबरको रकम ठगी गरेको देखिएको छ। भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद हुन्। स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यस्तै गितेन्द्रबाबु राई भने फरार छन्।