
बैंकिङ खबर/ एक वर्षको अवधिमा कर्जा प्रवाह र असुली झन् सुस्ताएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । २०८१ मा तीन लाख ८२ हजार ८३५ घरजग्गा मालपोत कार्यालयमा रोक्का गरिएको छ भने तीन लाख २३० जग्गा फुकुवा भएका छन् । यो संख्या अघिल्लो वर्ष ०८० को तुलनामा भने कम हो ।
०८१ सालमा चार लाख सात हजार ४४५ घरजग्गा रोक्का हुँदा तीन लाख १० हजार २६५ घरजग्गा फुकुवा भएका छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो नराखी कर्जा दिँदैनन् । कुनै ऋणीले बैंकबाट कर्जा लिनुपर्यो भने मालपोत कार्यालयमा गएर घरजग्गा धितो बन्धक राख्नुपर्ने हुन्छ ।
बैंकको कर्जा चुक्ता गरिसकेपछि बल्ल बैंकले मालपोतमा बन्धक राखेको धितो फुकुवा गरिदिन्छन् । नेपालमा कुल कर्जाको करिव ६८ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
