Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थमन्त्री समक्ष कामु गभर्नर नीलमले बुझाइन् पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

२०८२ बैशाख २४ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छन्। ढुंगाना नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउन अर्थ मन्त्रालय पुगेकी हुन्।

सो क्रममा ढुंगानाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।