२०८२ बैशाख २१ गते

बैंकहरुमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज (वैशाख २१ गते) बजारबाट ५० अर्ब रुपियाँ खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपियाँ खिच्न लागेको हो । 

निक्षेप संकलनको बोलकबोल आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । यसको साँवा र ब्याज भुक्तानी भने २०८१ जेठ ११ गते  भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

70.-DC_NOtice-2082.01.21