२०८२ बैशाख १९ गते

सहकारीका बचतकर्तालाई राहत उपलब्ध गराउन कोष स्थापना गरिने

बैंकिङ खबर/सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन कोष स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ ।

‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । यस्तै सहकारी नीतिको पुनरावलोकन गरी नयाँ सरकारी नीति जारी गर्ने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिन पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।