२०८२ बैशाख १९ गते

अर्थतन्त्र विस्तारै लयमा आउँदैछः मन्त्री सिंह

बैंकिङ खबर/ उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले काेभिडले समस्यामा परेकाे अर्थतन्त्र अहिले विस्तारै लयमा आउन थालेकाे बताएका छन्। नयाँ बानेश्वरमा आयाेजित रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रका सूचकहरू अहिले सकारात्मक देखिएकाे बताए।

‘काेभिडका कारण अर्थतन्त्रमा समस्या परेको थियो। यसलाई लयमा ल्याउन व्यवसायी, उद्याेगी र नेपालकाे समग्र अर्थतन्त्रकाे विकासमा रुचि राख्नेहरू सबै मिलेर अघि बढेकै कारण अहिले अर्थतन्त्रका सकारात्मक संकेत देखिएकाे छ,´ उनले भने।