
बैंकिङ खबर/ राष्ट्र बैंकले आज बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यो प्रक्रिया अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको म्यादका लागि केन्द्रीय बैंकमा निश्चित ब्याजदरमा रकम राख्ने व्यवस्था हुन्छ।
यस पटकको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्। यो प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, जसमा बहुब्याजदरमा समेत प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ।
संकलित निक्षेपको अवधि २१ दिनको हुनेछ र यसको साँवा तथा ब्याज जेठ ७ गते फिर्ता गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।
69.-DC_NOtice-2082.01.17