Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको ब्राण्ड एम्बेसडरमा दिपक र दीपा नियुक्त

२०७३ पुष ४ गते

कृषि विकास बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा हास्य कलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलालाई नियुक्त गरेको छ । यसका लागि कृषि विकास बैंक र आमा सरस्वती मूभिज प्रा.लि.संचालकबीच सम्झौता भएको छ । सहरदेखि गाउँसम्मका आम जनसमुदाय तथा ग्राहकसमक्ष आफूले उपलब्ध गराउने सेवा सुविधाहरुको बारेमा सहज ढंगले जानकारी पुर्याउन बैंकले ब्राण्ड एम्बेसडरको रुपमा कार्य सो सम्झौता गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको सम–उपस्थिीतिमा सो सम्झौतामा कृषि विकास बैंक लिमिटेडका तर्फबाट उप–महाप्रबन्धक दिलिप सिंह थापा र आमा सरस्वती मूभिजको तर्फबाट दिपक राज गिरी र दिपा निरौलाले हस्ताक्षर गरेका छन् ।