
बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो।
चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ।
त्यस्तै अफिसर, सिनियर अफिसर, ए.एम. वा डी.एम. पदका लागि केही संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
इच्छुक र योग्य उम्मेदवारहरूले बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित अबको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
