
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निर्धारण गर्ने नयाँ व्यवस्था ल्याउने भएको छ। बैंकले ब्याजदर अन्तर, निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण, ब्याजदरको पारदर्शिता लगायतका व्यवस्थालाई अझै सहज गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो। राष्ट्र बैंकले कर्जा लगानीको समस्या समाधान गर्न, कर्जाको ब्याजदारसम्बन्धी नीति परिवर्तन र नयाँ व्यवस्था लागु गर्ने भएको छ।
बजारमा देखिएका समस्या समाधान गर्न कर्जा ब्याजदारमा केही बुँदा परिवर्तन गर्नुपर्ने अवस्था देखिएको राष्ट्र बैंकका प्रवक्ता रामुप्रसाद पौडेलले बताए। उनका अनुसार कर्जा प्रणालीमा ब्याजदरको समस्या छ। यही समस्याका कारण लगानीमैत्री वातावरण नबनेको आरोप बैंक तथा वित्तीय संस्थामा लागिरहेको छ।