बैंकिङ खबर/ कर्जा सूचना केन्द्रका अनुसार २०८१ मा कालोसूचीमा पर्ने ऋणीको संख्या ४६ हजार ४ सय ४१ रहेको छ । यो तीव्र वृद्धिले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न नसक्ने ऋणीको संख्या बढेको र चेक बाउन्स अत्याधिक रहेको देखाएको छ ।
केन्द्रका अनुसार ५ हजार २ सय ३ जनालाई लघुवित्त वित्तीय संस्थाहरुले र बाँकी ४१ हजार २ सय ३८ जनालाई बैंकहरुले कालेसूचीमा राखेका छन् ।
केन्द्रको तथ्यांकलाइृ हेर्दा आर्थिक वर्ष २०७५/७६ मा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या २ हजार ८ सय हाराहारी थियो । त्यसको पछिल्लो आर्थिक बर्ष अर्थात आव २०७६/७७ मा उक्त संख्या बढ्दै ४ हजार ६ सय नाघ्यो ।
त्यसयता लगातार उकालो लागेको कालोसूचीमा पर्नेको संख्या गत आर्थिक वर्षसम्म आइपुुग्दा एकै वर्षमा एकाएक बढेर ५२ हजार नाघ्यो ।
चालु आवमा पनि यो संख्या ५० हजार नाघ्ने अनुमान केन्द्रले गरेको छ ।
पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरुमध्ये बहुल अर्थात करिव ७० प्रतिशत व्यक्ति तथा कम्पनीहरु चेक बाउन्सका कारण कालोसूचीमा परेको देखिन्छ । यस्तै बाँकी रहेको ३० प्रतिशत मात्रै कर्जा तिर्न नसकेर कालोसूचीमा पर्ने गरेको केन्द्रले जनाएको छ ।