April 16th, 2025

‘सिस्टमेकि इन्पोटेन्ड’ भुक्तानी प्रदायक खोज्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रणालीगत रुपमा महत्वपूर्ण भुक्तानी प्रणालीको पहिचान गर्ने भएको छ। मुलुकको वित्त स्थायित्वका लागि आवश्यक भुक्तानी प्रणाली छुट्याउने गरी ‘सिस्टमेकि इन्पोटेन्ड पेमेन्ट सिस्टम (एसआइपिएस)’ फेमवर्क जारी गर्न लागेको लागेको हो।

जसका लागि राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलफेर्मवर्क फर आइडेन्टिफाइ सिस्टमेकि इन्पोटेन्ड पेमेन्ट सिस्टम (एसआइपिएस) को मस्यौादा तयार गरेर सरोकारावालामा राय सुझाव मागेको छ। वित्तीय प्रणालीमा प्रणालीगत जोखिम फैलन नदिन जोखिमको मूल्यांकन र व्यवस्थापन गर्ने उद्देश्यसहित उक्त फेमवर्क निर्माण गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

उक्त फेर्मवकअनुसार सिस्टमेकि इन्पोटेन्ड पेमेन्ट सिस्टम राष्ट्र बैंकले तोकेको टाइम क्रिटिकल तथा लार्ज भ्यालु पेमेन्टलाई ह्यान्डल गर्ने (रियल टाइम ग्रस सेटलमेन्ट अर्थात् आरटीजीएस), एकमात्र भुक्तानी प्रणाली जस्तैः इलेक्ट्रोनिक चेक क्लियरिङ, भुक्तानी रकमका आधारमा सबैभन्दा ठूलो प्रणाली, (आरटीजीएस) कारोबारको खुद्रा बजार हिस्सामा एक तिहाई कारोबार संख्या वा दुईतिहाई कारोबार रकम भएको भुक्तानी प्रणाली (मोबाइल बैंकिङ, ईसीसी) र अन्य प्रणालीसँग उच्चस्तरको आपसी सम्बन्ध (जस्तै फोनपे) भएको सिस्टमेकि इन्पोटेन्ड पेमेन्ट सिस्टम हुने छन्।

Framework-for-identifying-Systemically-Important-Payment-Systems-SIPS_2025-04-16