Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रस्तावित लाभांश पारित गर्न आरएमडिसीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

२०७३ पुष ३ गते
सेयर:

rmdcरुरल माइक्रोफाइनाईन्स डेभलभमेन्ट सेन्टर (आरएमडिसी)ले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । प्रस्तावित बोनस सेयर पारित गर्न माइक्रोफाइनान्सले पुस २७ गतेलाई १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत शुक्रबार(पुस १ गते) बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । प्रस्तावित बोनस बितरण पश्चात आरएमडिसीको चुक्ता पूँजीँ ६९ करोड रुपैंयाँ पुग्नेछ ।

साधारणसभा र बोनस प्रयोजनका लागि रुरलले पुस १२ गतेदेखि पुस २७ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी गराएको छ । जसअनुसार, पुस ११ गते सम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस पाउनेछन् ।