बैंकिङ खबर/ राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाको अध्यक्षतामा सञ्चालक समितिको पहिलो बैठक बस्दै छ । आज बेलुकी सवा ५ बजेलाई बैठक बोलाइएको हो ।
गत सोमबार मध्यान्ह कायम मुकायमको जिम्मेवारी पाएपछि ढुंगानाले पहिलो पटक बोर्ड बैठक बोलाएकी हुन् । आजको बैठकमा तीन जना निर्देशकको बढुवा,बैंकले नगद विदेशी मुद्रा विदेशका बैंकमा जम्मा गर्ने सम्बन्धी व्यवस्था नवीकरण, रणनीतिक योजनाको समीक्षा र लेखापरीक्षण कार्यविधि संशोधन विषय तोकिएको छ । यसअघि डेपुटी बमबहादुर मिश्रको अध्यक्षतामा शुक्रबार बसेको पदपूर्ति समितिको बैठकले बढुवाको प्रक्रिया शुरु भएको सूचना जारी गरेको थियो ।




