बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले २१ दिने निक्षेप नामक मौद्रिक उपकरण जारी गर्दै तरलता खिच्न लागेको हो।
बैंक तथा वित्तीय संस्थाहरुले चैत २७ गते ३ बजेसम्म आफूले राख्न चाहेको निक्षेपउल्लेख गरेर अनलाइनमार्फत बोलकबोलमा सहभागी हुनुपर्नेछ। यसरी बोलकबोलमा सहभागी हुँदा संस्थाले घटीमा १० करोड वा बढीमा ५ करोड रुपैयाँले भाग गर्दा जाने रकम उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले बुधबार संकलन गरेको रकम सावाँ ब्याजसहित वैशाख १७ गते फिर्ता गर्नेछ। अघिल्लो पटक बैंकले गर्दा २.९९ प्रतिशत ब्याजमा निक्षेप संकलन गरेको थियो।
64.-DC_-NOtice-2081.12.27



