बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक गभर्नरविहीन भएको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ।
मन्त्रिपरिषदको बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठक नियमित भएको बताए ।
गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ। सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।
पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका र अहिलेको सुस्त अर्थतन्त्र उकास्न सक्ने व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।




