Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

५० प्रतिशत हकप्रद जारी गर्दै यती डेभलपमेन्ट बैंक, यसरी पुग्दैछ पुँजी

२०७३ पुष १ गते
सेयर:

yetiयती डेभलपमेन्ट बैंकले लिमिटेडले ५० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकको १४ औ बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

यतीले हाल कायम चुक्तापुँजी एक अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ६९ करोड ३१ लाख १६ हजार रुपैयाँ बराबरको ६९ लाख ३१ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यतीको चुक्तापुँजी दुई अर्ब सात करोड रुपैयाँ पुग्छ । 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन यतीले असार मसान्तभित्रमा अझै ४३ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । यसका लागि बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।