April 4th, 2025

१ वर्ष ऋण नतिरे खराबमा गणना

बैंकिङ खबर/ सहकारी संस्थाले प्रवाह गरेको ऋणलाई किस्ता÷ब्याज भुक्तानी अवधिका आधारमा वर्गीकरण गर्नुपर्ने भएको छ । ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१’ स्वीकृत भएसँगै यस्तो व्यवस्था भएको हो ।

सक्रिय ऋणमा भाखा ननाघेका वा भाखा नाघी ३ महिना व्यतीत नभएको, सदस्यहरूको बचतको सुरक्षणमा प्रवाह गरेको ऋणलाई असल ऋण मानिएको छ।

निष्क्रिय ऋणमा कमसल अन्तर्गत ३ देखि ६ महिनासम्म भाखा नाघेका ऋण, शकांस्पद ६ देखि १२ महिनासम्म भाखा नाघेका ऋण र खराबअन्तर्गत १२ महिनाभन्दा बढीले भाखा नाघेका ऋण मानिएको छ।