Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२१ लाख नगदसहित हुन्डी कारोबारको आरोपी पक्राउ

२०८१ चैत्र २१ गते

बैंकिङ खबर/ हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको महाबौद्धबाट एक जना पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका-२७ स्थित महाबौद्धबाट भारतको सुजा-३ जोगिन्दर नगर घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वाङ्मो पक्राउ परेकी हुन् ।

उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ । हुन्डी कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले वाङ्मोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।