Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२०८१ चैत्र २० गते

बैंकिङ खबर/बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिदा नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलनमार्फत थप ३० अर्ब रुपैयाँ तान्न लागेको छ । आज दिउँसो ३ बजे हुने बोलकबोल प्रक्रियामार्फत केन्द्रीय बैंकले यो तरलता व्यवस्थापनको प्रयास गर्दैछ ।

निक्षेप संकलन उपकरण को प्रयोग गर्दै राष्ट्र बैंकले पछिल्ला केही दिनदेखि नियमित रूपमा प्रणालीबाट तरलता खिच्दै आएको छ ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नहुने गरी बोलकबोल गर्न सक्नेछन् ।