March 31st, 2025

गभर्नरको नियुक्ति आजै हुनुपर्ने कांग्रेसको अडानः सिफारिस समितिलाई बोलाइयो

बैंकिङ खबर/ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक बसिरहँदा गभर्नर सिफारिस समितिका तीनै जनालाई बोलाइएको छ । नयाँ गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइएको थियो । समितिको सदस्यमा विजयनाथ भट्टराई र डा. विश्व पौडेल छन् ।

गभर्नरको नियुक्ति आजै हुनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको अडान पश्चात उनीहरुलाई बालुवाटार डाकिएको हो। स्रोतका अनुसार आजै सिफारिस समितिले ३ जानको नाम सिफारिस गर्नेछ र मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ देखि २३ सम्मका लागि बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने कार्यक्रम रहेकाले हतार हतार आजै गभर्नर नियुक्त गर्न लागिएको हो। सिफारिस समितिलाई २ नाम दिइएको छ। पूर्व मूख्य सचिव राजेन्द्र किशोर क्षेत्री र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा हाल संचालक समिति सदस्य डा. रबिन्द्र पाण्डे। यी दुई मध्ये एकलाई गभर्नर बनाउन ६५ वर्षे उमेर हदम्यादको प्रावधान नै संशोधन गरिएको स्रोतको दावी छ ।