Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन(पूर्णपाठ)

२०८१ चैत्र १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको समय नजिकिँदै गर्दा अर्थ मन्त्रालयले सार्वजनिक निकायमा गरिने नियुक्तिको मापदण्ड संशोधन गरेको छ । सोमबार अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको हो ।

संशोधित मापदण्डमा यस्ता निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाइको छ । यसअघि यस्तो नियुक्तिका लागि न्यूनतम ३० देखि अधिकतम ६५ वर्षको उमेर हदको व्यवस्था थियो । अर्थ सम्बद्ध सार्वजनिक निकायमा नेपाल राष्ट्र बैंक पनि पर्छ । राष्ट्र बैंकमा गभर्नर खाली हुँदैछ । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्रमा सकिँदै छ ।

सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समितिसमेत गठन गरिसकेको छ । गभर्नर नियुक्तिको मुखैमा मापदण्ड संशोधन गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।