March 30th, 2025

नयाँ वर्षमा सुजुकीको उपहार योजनाः ‘जितौं टन्न धनराशी’, मोटरसाइकल खरिदमा अधिकतम एक लाखसम्म छुट

बैंकिङ खबर/ सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्रा.लि. ले नयाँ वर्ष २०८२ को अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ वर्ष २०८२, जितौं टन्न धनराशी’ नामक अफरमार्फत ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष छुट तथा सुविधा प्रदान गर्दैछ।

कम्पनीका अनुसार योजना अन्तर्गत कुनै पनि सुजुकी मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले न्यूनतम रु ८,००० देखि अधिकतम रु १ लाखसम्मको नगद छुट तुरुन्तै पाउनेछन्। साथै, एक्सचेन्ज र फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

ग्राहकको दीर्घकालीन सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले ५ वर्षको वारेन्टी तथा ५ वर्षसम्मको निःशुल्क सर्भिस सुविधा पनि प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार अब सुजुकीको कुनै पनि बाइक वा स्कुटर चढ्दा ५ वर्षसम्म ढुक्क हुन सकिन्छ।

“नयाँ वर्ष रमाईलो मनाऔं, सुजुकीसँग रमाइलो उपहार जितौं” भन्ने नारासहित आएको यस योजनाले ग्राहकहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ।

यस योजनाले नयाँ वर्षको अवसरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सोच बनाएका ग्राहकहरूलाई थप आकर्षित गर्ने कम्पनीको अपेक्षा छ। अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई नजिकको सुजुकी शोरूममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।