Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुबाट पैसा तानेको तानै राष्ट्र बैंक

२०८१ चैत्र १३ गते

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् आज पुनः ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

यसको बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति आगामी वैशाख ३ गते तोकिएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यसको ब्याजदर निर्धारण बोलकबोलबाटै हुने बैंकले जानकारी दिएको छ।