March 23rd, 2025

राष्ट्र बैंकले घटायो बजारबाट तान्ने निक्षेप

बैंकिङ खबर/ बोलकबोलमा बैंक तथा वित्तीय संस्थाको सहभागिता घटेसँगै बजारबाट तान्ने रकम कम गर्न थालेको छ। केन्द्रीय बैंकले आइतबार २० अर्ब रकम मात्रै खिच्ने भएको हो। यसअघि चैत ६ गते राष्ट्र बैंकले २५ अर्ब निक्षेपका लागि बोलकबोल आह्वान गरेको थियो।

तर ५ वटा बैंक तथा वित्तीय संस्था ९ अर्ब ४० करोड रुपैयाँबराबरको रकमसहित बोलकबोलमा सहभागी भए। आह्वान रकमभन्दा आवेदन नै कम परेपछि रीतपूर्वक आउने सबै निक्षेपलाई राष्ट्र बैंकले स्वीकार गरेको थियो।

सो दिन २५ अर्बमा ९ अर्ब ४० करोड मात्रै निक्षेप तान्न सफल भएको थियो। निरन्तर बोलकबोलमा सहभागी हुनेको संख्या घट्न थालेपछि राष्ट्र बैंकले निक्षेप आह्वान घटाउन थालेको हो। योसँगै बैंकले समय बढाएर निक्षेप आह्वान गर्न थालेको छ। आइतबार राष्ट्रबैंकले २१ दिने निक्षेप आह्वान गरेको हो ।