March 21st, 2025

आरम्भ चौतारी लघुवित्त शान्तिनगर शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न


बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शान्तिनगर दाङले संस्थामा आवद्ध सदस्यहरुका लागि वित्तीय साक्षरता तथा १ दिने व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको छ ।

शाखा प्रबन्धक शिवबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत प्रमुख अतिथि रहेका थिए ।

तालिमको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सदस्यको आयस्तर, क्षमता अभिवृद्धिका लागि संस्थाले गरेको यस किसिमको तालिमको प्रशंसा गर्दै तालिममा सिकेको कुरालाई व्यबहारमा उतार्न तालिमका सहभागीहरुलाइ आग्रह गरेका थिए साथै यस किसिमका हरेक कार्यक्रममा गाँउपालिका पूर्ण रुपमा सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

सोही अवसरमा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य भिमा नेपालीले तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै तालिममा सिकेको कुरालाई व्यावहारमा उतार्न र आत्मनिर्भर हुन सुझाव दिएका थिए ।

तालिमको प्रशिक्षकको कृषि प्राविधिक कर्णदिप देवकोटा रहेका थिए । तालिममा ८० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी सदस्यहरुका लागि कर्मचारी निर्मला शाहीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

संस्थाको लुम्बिनी प्रदेश अन्तर्गतका कार्यक्रम अधिकृत गीता राउतले तालिमको उद्देश्यमाथि आफ्नो धारणा गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कार्यालयका कर्मचारी दुर्गाराज वलीले गरेका थिए ।